काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग २ घन्टा छलफल गरेका छन् ।
बुधबार साँझ शितल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घन्टा छलफल गरेका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको हो ।
पार्टी एकताका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहेका बेला नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेका हुन् ।