कांग्रेस र माओवादीद्वारा मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिन ह्विप जारी

161

गण्डकी । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिने विश्वासको मतको विपक्षमा उभिन ह्विप जारी गरेको छ ।

मुख्यमन्त्री गुरुङले बिहीबार १२ बजे विश्वासको मत लिँदै छन् ।

बुधबार गण्डकी प्रदेशसभा अन्तर्गत कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको छुट्टाछुट्टै बसेको बैठकले आ–आफ्ना सांसद्हरुलाई विश्वासको मत नदिन ह्विप जारी गरेका हुन् ।

त्यस्तै, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिनका लागि आफ्ना सांसद्हरुलाई ह्विप जारी गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...