ओलीबाहेकलाई प्रधानमन्त्री बन्नै नदिने दुराशय देखियो : वरिष्ठ अधिवक्ता यादव

319

काठमाडौं । वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रायोजितरुपमा सरकार बनाउन नचाहेर संसद विघटन गरेको बताएका छन् ।

संसद विघटनविरुद्धको मुद्धामा रिट निवेदक नेपाली कांंग्रेसका सभापति शेर बहादुर देउवाको तर्फबाट बहस गदै यादवले यस्तो बताएका हुन् ।

यादवले यो संविधानबाट ४ वटा सरकार बन्न सक्ने बताउँदै केपी शर्मा ओलीबाहेकलाई प्रधानमन्त्री बन्नै नदिने दुराशय देखिएको बताए ।

“हामी यो संविधान अनुसार ४ वटा सरकार बनाउन सक्छौँ,” उनले भने,“धारा ७६को उपधारा १, २, ३, र ५ अनुसार सरकार बनाउन भनेको छ । ३ सम्म दलहरुले सरकार बनाउने हो । ५ आएपछि त्यो प्रक्रिया हुँदैन ।”

उपधारा ५ ले पार्टी हैन व्यक्ति हेर्ने हुँदा सरकार गठनका लागि कांग्रेस सभापति देउवा बहुमत सदस्यको हस्ताक्षरसहित राष्ट्रपतिकोमा जाँदा पनि किन अस्वीकार गर्नुभयो यादवको प्रश्न छ ।

Share This:
सम्बन्धित खबर
Loading...