काठमाडौं । संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपक कुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास नछाड्ने भएपछि प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ ।
दुई न्यायाधीशले इजलास छाड्नुपर्ने भनी यसअद्धि सरकार पक्षका कानुन व्यवसायीले सझाव दिएपछि विवाद भएको थियो । तर, दुवै न्यायाधीशले आज कुनै राय दिएनन् बरु प्रधानन्यायाधीशले सुनुवाइ अघि बढाउने आदेश दिएका छन् ।
इजलासको विवादबारे न्यायाधीश ईश्वर खतिवडाले संविधानतः प्रधानन्यायाधीशबाहेक इजलासमा नबन्ने र बाँकी न्यायाधीश एउटै डुंगामा रहेको भन्दै परिस्थितिवस इजलासमा आएका कसैले पनि छाड्न नसक्ने बताए ।
बेञ्चमा गठनको विषयमा अब उप्रान्त केही कुरा नसुन्ने र जे भन्नु पछी फैसलामा भन्ने उनले बताए ।
रिट निवेदक शेर बहादुर देउवालको पक्षबाट बढीमा आधा घन्टा बहसका लागि समय दिइएको छ ।