यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम [पूर्णपाठ]

573

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार नीति कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ को महामारीले प्रदेशको विकासमा पनि प्रभाव पारेको र आगामी वर्षकोे नीति तथा कार्यक्रम कोभिड नियन्त्रण र व्यवस्थानमा केन्द्रित हुनु परेको बताए । उनले सरकारले प्रभावकारीरुपमा कार्यक्रम सञ्चालन गर्ने गरी नीति र कार्यक्रम ल्याएको बताए ।

यादवले प्रस्तुत गरेको सरकारको नीति कार्यक्रममा कोभिड–१९बाट प्रभावित क्षेत्रका लागि कर्जा, व्याजमा अनुदानदेखि उत्पादनमुखी कार्यक्रम र उद्योग स्थापनालाई पनि प्राथमिकतामा राखिएको छ ।

कोभिड उपचार र व्यवस्थापनका लागि पूर्वाधार निर्माण, औषधि, उपकरण र जनशक्ति व्यवस्थापन कार्य पनि प्राथमिकतामा छ । स्वास्थ्यकर्मीका लागि प्रोहत्साहनका कार्यक्रमदेखि प्रदेशभित्रका अस्पतालहरुको स्तरोन्नतीलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।

कृषि, शिक्षा, पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धनलगायतका क्षेत्रमा भने अधिकांश कार्यक्रम दोहोरिएका छन् । नयाँ कार्यक्रम र नयाँ योजनालाई सरकारले न्यून प्राथमिकदा दिएको छ ।

लुम्बिनी प्रदेश, नीति तथा कार्यक्रम
Share This:
सम्बन्धित खबर
Loading...