मुख्यमन्त्री भट्टलाई बधाई दिँदै रावलले भने– विधि, विधान र पद्धति मिच्नेहरूले राजनीतिक नैतिकताको शिक्षा लिने कि ?
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत पाएकोमा बधाई दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् बधाई दिँदै विधि, विधान र पद्धति मिच्नेहरुले मुख्यमन्त्री भट्टबाट राजनीतिक नैतिकताको केही शिक्षा लिनुपर्नेसमेत बताएका छन् ।
नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले मंगलबार प्रदेशसभा एमाले (नेपाल समूह)का सांसद्हरुले समर्थन गरेपछि विश्वासको मत पाएका थिए ।
“सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई ! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?,” रावलले ट्विटरमा लेखेका छन् ।
सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि?
— Dr. Bhim Rawal (@BhimRawal179) June 8, 2021