काठमाडौं महानगरपालिकाले तोक्यो ‘भेरोसेल खोप’ लगाउने उमेर र समूह [सूचीसहित]

437

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्ध चीनले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा लगाउन ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई आग्रह गरेको छ ।

तर, कोभिड–१९ संक्रमण भएका ६० वर्षदेखि ६४ उमेर समूहका व्यक्तिहरुले एक महिना पूरा भएपछि मात्र खोप लगाउन आग्रह गरिएको छ । सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका विभागीय प्रमुख हरि बहादुर कुँवरले आइतबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

महानगरपालिकाले ३२ वटै वडामा जेठ २५ गतेदेखि २९ गतेसम्म खोप लगाइँदै छ । खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइनेछ ।

प्रमुख कुँवरका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ भने २६ गते ६३ वर्ष उमेर समूहकालाई खोप लगाइने छ ।

त्यस्तै, २७ गते ६२ वर्ष, २८ गते ६१ वर्ष र २९ गते ६० वर्ष उमेर समूहकालाई खोपको पहिलो मात्रा दिइन लागेको कुँवरले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...