प्रधानन्यायाधीश राणाद्वारा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

278

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । जबराले संवैधानिक इजलासमा न्यायाधीश दीपन कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्राईलाई छानेका छन् ।

प्रधानन्यायाधीश सम्मिलित न्ययाधीश संवैधानिक इजलासको रोष्टरमा रहेका मध्येका वरिष्ठ हुन् ।

आफूमाथि प्रश्न उठेपछि संवैधानिक इजलासमा बस्ने राय दिएका न्यायाधीश तेज बहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छैन । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अस्वास्थताका कारण होम आइसोलेसनमा बसेका हुनाले उनि पछाडिको बरियतामा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई बेञ्चमा राखिएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीले अघिल्लो पटक संसद विघटन भएको मुद्दामा ‘हेर्न नमिल्ने’ राय दिएर इजलासबाट आफूलाई बहेक गरेका थिए ।

संवैधानिक इजलासमा रहेका २ न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुपाइ हुनेगरी इजलास स्थगित गरिएको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका कुल ३० वटा रिटमाथि आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । रिट, निवेदकले तत्कालीन संसद् पुनः स्थापना गर्न आन्तरिम आदेशको माग गरेका छन् । निवेदकको माग अनुसार अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे संवैधानिक इजलासले निर्णय गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...