काठमाडौं । नेकपा (एमाले) माधव कुमार नेपाल पक्षीय विद्यार्थी संगठन अनेरास्ववियूले उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला जलाएको छ ।
शुक्रबार बेलुकी मन्त्रीको शपथ गरेपछि पदभार ग्रहण गर्ने क्रममा महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता। भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएकाले पुत्ला जलाएको अनेरास्ववियूले जनाएको छ ।
विद्यार्थीले संगठनले शनिबार साँझ नयाँ बानेश्वरमा मन्त्री महतोको पुत्ला जलाएको हो । महतोले देश टुर्क्याउने अभिव्यक्ति दिएको भन्दै उनीहरुले पुत्ला जलाएका हुन् । पुत्ला दहन गर्ने ेही विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।