परीक्षण कम भएर कोभिड–१९ संक्रमण घटेजस्तो मात्रै देखिएको हो : डा.विजयकुमार झा

339

काठमाडौं । प्रदेश नम्बर २को स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विजयकुमार झाले अहिलेकै अवस्थामा कोरोना भाइरसको संक्रमण घटेकोे भन्न नमिल्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा निर्देशक झाले परीक्षण घटेको कारण संक्रमण घटेको जस्तो देखिएको पनि जोखिम उस्तै रहेको बताए ।

अहिले संकलन गरिएका नमुनामध्ये ३० प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएजस्तो भन्दै उनले परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या पनि बढ्ने बताए । यसअघि सहरी क्षेत्रमा संक्रमण बढी फैलिएको र परीक्षणको पहुँच रहेकोमा अहिले गाउँगाउँसम्म संक्रमण फैलिएको र त्यहाँ परीक्षणको पहुँच कम रहेको निर्देशक झाले बताए ।

कोरोना संक्रमणको फैदावटको अवस्था थाहा पाउन समुदायस्तरका ठूलो संख्यामा परीक्षण गर्नुपर्ने उनले बताए । उनले आफूहरुले गाउँगाउँसम्म एन्टिजेन किट पठाइरहेको भन्दै त्यसबाट नतिजा आउने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...