तराईलाई मरुभूमीकरण गर्ने राष्ट्रविरोधी निर्णय तुरुन्त खारेज गरियोस् : प्रचण्ड

375

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ढुंगा, गिटी र बालुवा निकासी गर्नेबारे बजेटमा गरिएको व्यवस्था खारेज गर्न माग गरेका छन् ।

उनले बुधबार सामाजिक सञ्जालमार्फत् तराईलाई मरुभूमीकरण गर्ने राष्ट्रविरोधी निर्णय खारेज गर्न माग गरेका हुन् ।

“असंवैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जन विरोधी निर्णय तुरुन्त खारेज गरियोस,” उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...