काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कोरोनाविरुद्धको खोपका लागि राष्ट्रपतिको अग्रसरतालाई अन्यथा मान्न नहुने बताएका छन् ।
भट्टराईले सामाजिक सञ्जालमा लेख्दै सामाजिक सद्भभाव, राष्ट्रिय एकता र जनचासोका विषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्न नहुने बताएका हुन् ।
“सामाजिक सद्भभाव, राष्ट्रिय एकता र जनचासोका विषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्नु हुन्न,” उनले भने,“खोपका लागि राष्ट्रपतिको सक्रियतालाई यसरी नै बुझ्ने की ?”
राजनीतिक विषयमा राष्ट्रपतिको अधिकार र सक्रियतालाई संविधानले नै सीमावद्ध गरिदिएको पनि उनले बताए ।
“राजनीतिक विषयमा राष्ट्रपतिको अधिकार र सकियतालाई संविधानले नै सीमावद्ध गरिदिएको छ,” भट्टराईले भने ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रियस्तरमा विभिन्न देशहरुसँग खोपका लागि आफैँ सक्रिय रहेर पहल गरिरहेकी छन् । राष्ट्रपतिको उक्त कदमको सर्वत्र आलोचना समेत भइरहेको छ ।
राजनीतिक बिषयमा राष्ट्रपतीको अधिकार र सक्रियतालाई संबिधानले नै सीमाबद्ध गरिदिएको छ । सामाजिक सद्भभाव, राष्ट्रिय एकता र जनचासोका बिषयमा राष्ट्रपतीको अग्रसरताले सार्थक परिणाम आउंछ भने त्यसलाई अन्यथा मान्नु हुन्न । खोपका लागि राष्ट्रपतीको सक्रियतालाई यसरी नै बुझ्ने की ?
— Yogesh Bhattarai (@yogesbhattarai) June 1, 2021