कोरोना संक्रमणबाट संसद् सचिवालयका उपसचिव खनालको मृत्यु

571

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट संघीय संसद् सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको ज्यान गएको छ ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले केही दिनअघि स्वाब दिएका उपसचिव खनालमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका छन् । उनले भने, “रिपोर्ट पोजेटिभ आएको थियो, उहाँ बिरामी नै हुनुहुन्थ्यो, शारीरिकरुपमा केही कमजोर पनि हुनुहुन्थ्यो अहिले मृत्यु भएको खबर आयो ।”

चन्द्रागिरि नगरपालिका–१२ निवासी खनाल होम आइसोलेसनमा रहेकै बेला उनमा एक्कासी स्वास्थ्यमा समस्या आएको र कलंकीस्थित सहिद ममोरियल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता पाडेले जानकारी दिए ।

ढिलोगरी आएको एम्बुलेन्समा अक्सिजन नभएको कारण उपसचिव खनालको बाटोमै मृत्यु भएको बताइएको छ । खनाल कानुनतर्फका उपसचिव हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...