किरण भुजेल र प्राश्ना शाक्यको ‘चोली तिम्रो’ बोलको गीत सार्वजनिक (भिडियो)

594

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामको शब्द संगीत रहेको छ । फणिन्द्र राईले गीतलाई संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा सौरब तामाङ र उर्मिला योञ्जन तामाङबीचको अनस्क्रिन रोमान्स देख्न सकिन्छ ।

पूर्वको सुन्दर चिया बगान वरपर छायांकन गरिएको यस भिडियोलाई तिलक रिजालको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । एसटिएम मुभीमा पोस्ट प्रडक्सन गरिएको यस भिडियोलाई गोलो प्रडक्सनको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ।

Share This:
सम्बन्धित खबर
Loading...