पोखरा । गण्डकी प्रदेशमा थप ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा गण्डकीका ९ सय ४७ जनाको नमुना परीक्षण गरिएकोमा थप ४ सय ३३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीमा सबैभन्दा धेरै २२१ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, बाग्लुङका ५८, पूर्वी नवलपरासीका ४१, म्याग्दीका ३२, तनहुँका २९, लमजुङका २७, मुस्ताङका १४, पर्वतका ८ र गोरखाका ३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ।
आज थपिएका ४३३ संगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २० हजार ८ सय ६० पुगेको छ । जसमा ३ हजार ३ सय १७ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट १४३ जना कोरोनामुक्त भएका छन् । योसँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ३ सय २ पुगेको छ।
बिहीबार पनि गण्डकीमा थप ४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ सय ४१ पुगेको छ।
Gandaki 23