काठमाडौं । वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ ।
८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हो ।
छातीमा समस्या देखिएपछि केही दिन अगाडि प्रधानलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो ।
सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । प्रधानका ‘यो नेपाली शिर उचाली’, ‘पर लैजाऊ फूलहरु’, ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’, ‘तिमीलाई अचेल कहाँ भेटौं’लगायतका दर्जनौं गीत चर्चित छन् ।