पछिल्लो २४ घन्टामा ५४ जनाको मृत्यु

427

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा ५४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टाकाे अवधिमा देशभरबाट ५४ जना संक्रमितको मृत्यु भएको हो । योसँगै हालसम्म काेराेनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय २९ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभरबाट २० हजार ३ सय ६७ आरटी पिसिआर र ७ सय ७५ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ । यीमध्ये ७२ हजार ७ सय ६१ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ५२ जना र भेन्टिलेटरमा २ सय १ जना उपचाररत छन् ।

बिहीबार देशभर २ हजार ७ सय ७ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका २ हजार ७ सय ७ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ९२ हजार ४ सय ९० जना पुगेको छ । निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...