२४ घन्टामा ५४ जनाको मृत्यु, थपिए ९ हजार ७० संक्रमित

काेराेना अपडेट

413

काठमाडौं । नेपालमा ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् भने ५४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर २० हजार ३ सय ६७ आरटी पिसिआर र ७ सय ७५ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पिसिआर विधिबाट ८ हजार ९ सय ७० र एन्टिजेन विधिबाट १ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ । यीमध्ये ७२ हजार ७ सय ६१ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा ३ हजार १ सय ६३, ललितपुरमा ५ सय ६७ र भक्तपुरमा २ सय ४२ जना गरी उपत्यकामा ३ हजार ९ सय ७२ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ५२ जना र भेन्टिलेटरमा २ सय १ जना उपचाररत छन् ।

बिहीबार देशभर २ हजार ७ सय ७ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका २ हजार ७ सय ७ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ९२ हजार ४ सय ९० जना पुगेको छ । निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५४ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...