युवा संघले वितरण गर्‍यो प्रहरीलाई स्वास्थ्य सामग्री

453

ललितपुर । राष्ट्रिय युवा संघ ललितपुरले प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच संघका केन्द्रीय उपाध्यक्ष क्षितिज थेवेको उपस्थितिमा जावलाखेल प्रहरीलाई उक्त सामाग्री वितरण गरेको हो ।

कोरोना संक्रमणको नयाँ भेरियन्टसँगै दोस्रो लहर फैलिएपछि एमालेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्ताहरुलाई कोरोना माहामारी नियन्त्रण तथा रोगथामको लागि लाग्न निर्देशन दिएको थियो ।

प्रधानमन्त्रीको उक्त निर्देशन अनुसार अहिले देशभरि एमालेका कार्यकर्ताहरु आ–आफ्नो ठाउँबाट कोरोना नियन्त्रण तथा रोगथामको लागि लागिरहेका छन् । त्यही अनुसार आफूहरु अहिले जिल्लामा रहेको प्रहरी र फ्रन्टलाइनरहरुलाई पानी, मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामाग्री वितरण गरिएको ललितपुर जिल्ला अध्यक्ष चिन लामाले बताए ।

जिल्ला समितिले यसअघि सातदोबाटो प्रहरी चौकीमा पनि स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ । आफूहरुले हेल्थ डेस्कसहित स्वास्थ्य सेवा सुचारु गर्ने पनि लामाले बताए । दैनिक १५ हजार बराबरको पानीसहित मास्क, स्यानिटाइटर, पञ्जा वितरण गरेको लामाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...