प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना संक्रमण

383

काठमाडौं । प्रतिनिधिसभाका  ४ जना  सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संसद् सचिवालयले दिएको जनाकारी अनुसार ४ जना सांसद् र २ जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी छन् ।

सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

बुधबार सभामुखसहित १ सय २८ सांसद्, कमएचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६ सय ९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...