काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषदसम्बन्धीलगायतका ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।