२४ घन्टामा ५८ जनाको मृत्यु, थपिए ८ हजार ६५९ संक्रमित

काेराेना अपडेट

910

काठमाडौं । नेपालमा ८ हजार ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर २० हजार ७ सय ५७ आरटी पिसिआर र ६ सय १६ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

पिसिआर विधिबाट ८ हजार ६ सय ५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय ६४ पुगेको छ । यीमध्ये ६६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

बुधबार देशभर १ हजार ९ सय ९३ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका १ हजार ९ सय ९३ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८९ हजार ७ सय ८३ जना पुगेको छ । निको हुने दर ८.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५८ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...