गण्डकी । गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेललाई गृहजिल्ला चितवनमा स्वागत गरिएको छ । प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आएकी उनलाई आज जिल्लाका नेता तथा कार्यकर्ताले स्वागत सम्मान गरेका हुन् ।
राप्ति नगरपालिका–७ स्थित आफ्नै निवासमा सामाजिक दुरी तथा स्वास्थ्य मापदण्ड पालन गरी उनले नेता कार्यकर्तालाई भेट गर्दै उनले सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिने बताइन् ।
लामो समयदेखि कम्युनिस्ट पार्टीमा आबद्ध उनले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार तथा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघका अध्यक्ष भएर काम गरिसकेकी छन् ।