सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

276

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

२०७४ फागुन ३ गते नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने आज बसेको स्थायी कमिटी बैठकले निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेको छ । यसपछि माओवादीले समर्थन फिर्ता लिने लिने निर्णय गरेको हो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...