अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता बोलाउने सरकारको निर्णय

798

काठमाडौं । सरकारले दुई वर्षे कार्यकाल रहँदै अष्ट्रेलियका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रचण्डको कोटाबाट राजदूत नियुक्त भएका दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यसअघि राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अष्ट्रेलियाको राजदूतमा नियुक्त गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्यसमेत रहेका दाहाललाई माओवादीमा प्रवेश गर्नुअघि कांग्रेस निकट तरुण दलमा आवद्ध थिए । फिर्ता बोलाउने निर्णयसँगै दाहालले राजदूत भएबापत् पाउने सेवा सुविधा रोकिएको छ ।

साथै, मन्त्रिपरिषद बैठकले ओमनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई अर्को निर्णय नभइञ्जेलसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...