श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ५५० रुपैयाँले बढ्यो
काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । आगामी साउन १ गतेबाट लागु हुने गरी पारिश्रमिक वृद्धि गर्ने निर्णय गरिएको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पारिश्रमिक वृद्धि गरेको सूचना राजपत्रमा प्रकाशित गरेको छ । यससँगै अब श्रमिकको मासिक पारिश्रमिक १५ हजार पुगेको छ ।
यसअघि श्रमिकको न्यूनतम पारश्रमिक १३ हजार ४५० रुपैयाँ रहेको थियो । आधारभूत पारिश्रमिक ९ हजार ३८५ मा ५ हजार ६१५ रुपैयाँ महँगी भत्ता थप गरी १५ हजार पारिश्रमिक पुर्याइएको मन्त्रालयले जनाएको छ ।
अब नेपालमा श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघन्टा ७७ रुपैयाँ आम्दानी गर्न सक्ने भएका छन् । यसअघि दैनिक ५ सय १७ रुपैयाँ र प्रतिघन्टा ६९ रुपैयाँ रहेको थियो ।
श्रमिकहरुको न्षूनतम पारिश्रमिक निर्वारण गरेको सूचना