गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस

325

काठमाडौं । आज बसेको मन्त्रीपरिषद् बैठकले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।

बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमका प्रदेश प्रमुख सर्मीला कुमारी पन्तलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरेको छ ।

पन्त र शेरचन नेकपा माओवादी कोटाबाट प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...