नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली

343

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख मसान्तसम्म गरिएको यो निषेधाज्ञा थप कडाइ हुने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार दैनिक सात हजारभन्दा बढी नयाँ संक्रमित र ३ हजारभन्दा बढीको मृत्यु भइरहेको अवस्थामा नागरिकको जीवनरक्षा सरकारले पहिलो दायित्वको रुपमा लिइएको उनले बताए ।

गत वर्षको कोरोना महामारीमा संकट व्यवस्थापन केन्द्रीय निर्देशन समिति निर्माण गरी समयमै गरिएको लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

https://www.facebook.com/hamrosambad/videos/4032147450185638

 

Share This:
सम्बन्धित खबर
Loading...