काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक नैतिकताको धज्जी उडाएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत् रावलले राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याइ संविधानकै मर्यादामा अघात् गुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको बताएका हुन् ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरूद्ध प्रस्तुतअविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ।प्रमं केपीको छत्रछायामाअर्को पदलोलुप चर्तिकला!
— Bhim Rawal, PhD (@BhimRawal179) May 2, 2021
त्यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै छत्रछायाँमा पदलोलुप चर्तिकला भएको बताए ।
“लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रस्तुतअविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ,” रावलले ट्विटरमा लेखेका छन्, “प्रम केपीको छत्रछायामा अर्को पदलोलुप चर्तिकला !”
मुख्यमन्त्री पोखरेलले पदबाट आज बिहान राजीनामा दिएर आजै पुनः नियुक्ति भएका छन् ।