सांसद् किसन श्रेष्ठलाई कोरोना संक्रमण

472

दमौली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको पिसिआर परीक्षणअनुसार सांसद् श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमण भएपनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेसनमै रहेको उनले बताए । कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा सांसद् श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रहसमेत गरे ।

Share This:
सम्बन्धित खबर
Loading...