संक्रमित पुरुषले अस्पतालमै गरे आत्महत्या

439

रुपन्देही । रुपन्देहीको सैनामैनास्थित रानीबगीयाका कोरोना संक्रमित एक पुरुषले आत्महत्या गरेका छन् ।

सैनामैना नगरपालिका–१ वनकट्टामा सञ्चालित कोरोना अस्थायी अस्पतालमा उपचाररत ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् ।

अस्पतालका स्वास्थ्यकर्मीका अनुसार आज बिहान ४ बजे शौचालय जाने बहानामा उनले झुण्डिएर आत्महत्या गरेका हुन् । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।

तीन दिनअघि मात्रै सञ्चालनमा आएको उक्त कोरोना विशेष अस्थायी अस्पतालमा हाल ९ जना संक्रमितहरु उपचाररत छन् ।

Share This:
सम्बन्धित खबर
Loading...