काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट जनमुखी रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् आगामी आर्थिक वर्षको बजेटको प्रशंसा गरेका छन् ।
बजेट कार्यान्वयनमा चुनौती प्रशस्त रहेको उल्लेख गर्दै नेता भट्टराईले अर्थमन्त्रीलाई सफलताको शुभकामनासमेत दिएका छन् ।
“अर्थमन्त्री माननीय विष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आव २०७८/७९ को बजेट मुलतः जनमुखी छ,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पूँजीगत खर्च कम हुने, राजनीतिक र प्रशासनीक नेत्रीत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि विद्यमान छन् । यी चुनैतीमाथि विजयप्राप्त गर्न अर्थमन्त्रीजीलाई सफलता मिलोस् ।”