थाइ राजपरिवारबाट नेपाललाई पठाएको स्वास्थ्य सामग्री आइपुग्यो

376

काठमाडौं । थाइल्यान्डका राजपरिवारबाट नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

राजपरिवारको सहयोगका स्वास्थ्य सामग्री बोकेको रोयल थाइ एयर फोर्सको विशेष विमानबाट आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासप्पाले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

थाइल्यान्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले व्यक्तिगतरुपमा सहयोगस्वरुप स्वास्थ्य सामग्री पठाएको हो ।

जसमा १० लाख थान सर्जिकल मासक, ४ हजार ५०० पिपिई गाउन, १० हजार जोडी लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार फेसशिल, २० हजार थान एन्टिजेन किट, ६०० थान पल्स अक्सिमिटर, १ हजार ५०० थान डिजिटल थर्ममिटर, १ हजार थान बडी ब्याग,र ६ हजार थान पिपिई रहेको छ ।

सो अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेस त्रिपाठी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थिति रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...