अर्थशास्त्री र पूर्वअर्थमन्त्रीहरुको मिश्रित प्रतिक्रिया, कार्यान्वयन हुने सम्भावना न्यून

बजेट २०७८/७९

486

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक वर्ष २०७८/७९को बजेटप्रति अर्थशास्त्री र पूर्व अर्थमन्त्रीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । अर्थशास्त्री डा.विश्व पौडेलले विगत ३ वर्षयता ठूलो बजेट बनाउने तर त्यसको लक्ष्य हासिल नगर्ने समस्या देखिउको भन्दै अहिले पनि त्यस्तै हुने सम्भावना रहेको बताए ।

११ खर्बभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य हासिल नगरेको रेकर्ड भएकाले अहिले ल्याइएको साढे १६ खर्बको बजेटको लक्ष्य हासिल हुन्छ कि हुँदैन भन्नेमा शंका रहेको बताए ।

पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा.बाबुराम भट्टराईले अहिलेको बजेटले सिधासादा मतदातालाई ललीपप बाँडेको देखिएको बताएका छन् । जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले बजेट सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले अहिलेको बजेटमा पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको आरोप लगाए ।

यस्तै, पूर्वअर्थमन्त्री डा.रामशरण महतले काम चलाउ सरकारले आउने असारसम्मका लागि मात्रै मजेट ल्याउनुपर्नेमा पूर्ण आकारको बजेट ल्याएको भन्दै असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रसका नेतासमेत रहेका डा.महतले राजनीतिक फाइदा लिने उद्देश्यबाट पूर्ण आकारको बजेट ल्याइएको भन्दै बजेट तुरुन्त कार्यान्वयन हुनेमा शंका व्यक्त गरे ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले यो कार्यान्वयन नहुने चुनावमुखी बजेट भएको भन्दै आफूहरुको सरकार आएमा यो बजेट खारेज गर्ने बताए । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका पुनले अहिले प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतमा बहस चलिरहेको र प्रतिनिधिसभा पुनःस्थापना भए यो बजेट खारेज हुने दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...