पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई २०८८ सम्म विद्युतीय सवारीले विस्थापन गरिने

369

काठमाडौं । सरकारले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ ।

शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिएको बताए । त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने पनि पौडेलले बताए ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने मन्त्री पौडेलले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...