युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड बजेट विनियोजन

446

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शनिबार अध्यादेशमार्फत् नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समूदाय स्तरबाटै खेलकुदलाई प्रोत्साहन गर्न, पूर्वाधार निर्माण र प्रतिभावान खेलाडीको पहिचान गर्न बजेट बिनियोजन गरिएको बताए ।

झापामा मदन भण्डारी रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने मूलपानी, लमही लगाएतका क्रिकेट रंगशालाका लागि पनि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए । यसैगरी, पोखरा रंगशाला निर्माण कार्य पूरा गरिने र खेल क्षेत्रबाट बिदा भएका खेलाडीहरुलाई सहुलियतमा ऋण उपलब्ध गराउने मन्त्री पौडेलले बताए।

त्यस्तै, हाई अल्टिच्यूड स्पोर्टस सेन्टर निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने खेल पर्यटन मार्फत आर्थिक विकासको लक्ष्य पनि लिइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...