मन्त्रिपरिषद्ले पारित गर्‍यो १६ खर्बको बजेट

456

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षका लागि मन्त्रालयले तयार पारेको बजेट पारित गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकबाट करिब १६ खर्ब रुपैयाँको बजेट पारित भएको वन तथा वातावरण मन्त्री प्रेम आलेले जानकारी दिए । मन्त्रिपरिषदबाट पारित बजेट राष्ट्रपति कार्यालय पठाइएको उनले बताए ।

सरकारले शनिबार अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्दै छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपरान्ह ४ बजे सिंहदरबारबाट बजेट भाषण गर्ने छन् ।

नेपालको संविधानमा जेठ १५ गते अर्थमन्त्रीले संसदमा आगामी आर्थिक वर्षको आय÷व्यवको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । तर, पूर्वअर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु तथा अर्थविद्हरुले संसद् नरहेको र काम चलाउ सरकार भएको अवस्थामा जेठ १५ मै बजेट ल्याउन अनिवार्य नभएको बताउँदै आएका छन् ।

उनीहरुले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने, नयाँ कार्यक्रम समावेश गर्न नपाउने तथा करका दरहरु परिवर्तन गर्न नपाउने सुझाव दिएपनि सरकारले अध्यादेशमार्फत् नै पूर्ण बजेट ल्याउने तयारी गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...