यी हुन् संवैधानिक इजलासमा तोकिएका न्यायाधीश

152

काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६(५)बमोजिमको प्रधानमन्त्री नियुक्ति गर्ने आधार रहेको वा नरहेको भन्ने सन्दर्भमा परेको रिटहरुमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरु दीपन कुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बम कुमार श्रेष्ठ तोकिएका छन् ।

संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र शेर बहादुर देउवा दुवै जनाले विश्वासको मत प्राप्त गर्ने बलियो आधार प्रस्तुत नगरेको भन्दै राष्ट्रपतिले जेठ ७ गते दुवैको दाबी अस्वीकार गरेपछि प्रतिनिधिसभा भंग भएको थियो ।

त्यसका विरुद्ध देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सांसद्ले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनीहरुले देउवालाई परमादेशबाट प्रधानमन्त्री घाषित गर्न माग गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...