भोलिदेखि काठमाडौंमा खाद्यन्न किन्न परे यी नम्बरमा फोन गर्नुस्
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारदेखि निषेधाज्ञामा थप कडाइ गरिँदै छ ।
काठमााडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले थप गरिएको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेको छ । माछा–मासु, दूध, तरकारीलगायतका लागि भने बिहान ९ बजेसम्म पसल खोल्न दिएने छ ।
प्रशासनले खाद्यन्न पसलहरुमा भीड बढेको भन्दै एक हप्ता खोल्न नदिने भएको हो । यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ । यो अवधिमा खाद्यन्न किन्न परे के गर्ने भन्ने प्रश्न उठेपछि काठमाडौं जिल्ला प्रशासनले केही नम्बरहरु उपलब्ध गराएको छ ।
कतै खाद्यन्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद ब्रिकीको व्यवस्था गराउने प्रशासनले जनाएको छ ।
यी हुन् प्रशासनले उपलब्ध गराएका नम्बरहरु