राष्ट्रपति भण्डारीद्वारा भारतीय समकक्षीलाई ‘कोभिशिल्ड’ खोप उपलब्ध गराइदिन आग्रह

290

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन भारतीय समकक्षी रामनाथ कोविन्दलाई विशेष आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले पहिलो डोज कोभिशिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजका लासग आवश्यक मात्रा उपलब्ध गराउने कार्यका लागि पहल गरिदिन भारतीय राष्ट्रपतिलाई पत्राचार गरेको स्रोतले जनाएको छ ।

नेपालमा मंगलबारसम्म २१ लाख १३ हजार जनाले पहिलो डोज खोप लगाएर दोस्रो डोजको प्रतिक्षामा छन् । भारतले यसअघि २० लाख डोज कोभिशिल्ड खोप नेपाललाई उपलब्ध गराइसकेको छ ।

बाँकी दश लाख डोज खोज आउन बाँकी छ । सिरम इस्टिच्युटले वर्ष २०२१को अन्त्यबाट मात्र विदेशमा खोज निर्यात गर्ने भनेपछि नेपालले राष्ट्रपतिमार्फत् विशेष पहल गरेको हो ।

राष्ट्रपति भण्डारीले भारतीय समकक्षीलाई पठाएको पत्रमा भारतमा महामारीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ । त्यस्तै, महामरीविरुद्ध आपसी सहकार्य गर्दै मिलेर लड्न आग्रह समेत गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...