काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थपिएको छ ।
मंगलबार उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधात्रा जेठ २० गते राति १२ बजेसम्म कायम रहने निर्णय गरेका हुन् ।
भाइसर संक्रमणदर नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
थप गरिएको निषेधाज्ञा जेठ १४ गते बिहान १ बजेदेखि जेठ २० गते मध्यरातसम्म कायम रहने ललितपुरका सिडिओ निलौलाले बताए ।
।