२४ घन्टामा थपिए ७ हजार ४२५ संक्रमित, ७ हजार १३५ जना कोरोनामुक्त

काेराेना अपडेट

290

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ७ हजार ४२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १८५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १९ हजार ८४६ आरटी पिसिआर र ६०७ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ । यीमध्ये १ लाख १५ हजार ४४७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार ८०६, ललितपुरमा ६८१ र भक्तपुरमा २९८ जना गरी उपत्यकामा २ हजार ७८५ जना संक्रमित थपिएका छन् ।

सोमबार देशभर ७ हजार १३५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ७ हजार १३५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख ९८ हजार ४८३ जना पुगेको छ । निको हुने दर ७६.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १८५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...