सांसद्लाई निर्दलीय बन्न छुट दिने हो भने सांसद् किनबेच वैधानिक हुन्छ : कमल थापा

385

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले वर्तमान अवस्थाको समसामयिक एवम् राजनीतिक गतिविधिबारे टिप्पणी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गरिएको दाबी बदर गरिएको थियो । यसलाई मध्यनजर गर्दै राप्रपा अध्यक्ष कमल थापाले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सांसदहरुलाई निर्दलीय बन्ने छुट दिएको छ ? भनेर व्यङ्गात्मक प्रशन गरेका छन् ।

“विद्वानहरू समक्ष सानो जिज्ञासाः के संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो ? दलीय अनुशासन विपरीत जाने स्वतन्त्रता दिएको हो ?,” उनले ट्विटरमा लेखेका छन्,“ यदी यो मान्यता स्वीकार गर्ने हो भने दल फुटाउने र सांसद् किनबेच गर्ने काम वैधानिक हुन्छ। कुनै दल सुरक्षित रहन्न् । क्षणिक स्वार्थ मात्र नहेरौं ।”

Share This:
सम्बन्धित खबर
Loading...