काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुले सत्ता र शक्तिको बलमा स्वार्थका लागि देशलाई दुर्घटनातर्फ धकेल्ने प्रयास गरेको बताएका छन् ।
उनले देशलाई दुर्घटनतर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका छन् ।
“यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्,” शाहले ट्विटरमा लेखेका छन् ।
यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) May 22, 2021