काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद् विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनतामा सहानुभूति बढ्दै गएको बताएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले असंसदीय र अराजक कर्मको कुनै कमजोरी नदेख्ने प्रवृत्ति बढ्दै गएको बताएका हुन् ।
“आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा क.ओलीप्रति सहानुभूती बढदै छ,” उनले लेखेका छन् ।