नयाँ प्रधानमन्त्रीका लागि १५३ सांसदसहित ओलीको दाबी

418

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा पुनः दाबी गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले १५३ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दाबी गर्नु एक घन्टा अगाडि दाबी पेस गरेका हुन् ।

एमाले संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीलाई एमाले र जसपाले समर्थन गरेका छन् । विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री दाबी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठनका लागि प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५)को प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेपछि राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया सुरु गरेकी हुन् । बिहीबार मन्त्रिपरिषद्को बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उनले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...