७ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीलाई

523

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतले पदमुक्त गरेका सात मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन् ।

अर्को व्यवस्था नभएसम्मका लागि सातवटै मन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको राष्ट्रपति कार्यालयबाट जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतले मन्त्रीहरु राम बहादुर थापा ‘बादल’, टोप बहादुर रायमाझी लेखराज भट्ट, प्रभु साह, मणिचन्द्र थापा, गौरीशंकर चौधरी र दावा लामा तामाङलाई मन्त्रीको हैसियतमा काम गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उनीहरुलाई मन्त्रीको हैसियतमा काम गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको थियो । अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीहरुको पुनः नियुक्ति संविधानसम्मत नभएको ठहर गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...