काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गरेकी छन् ।
शपथ सम्बन्धी अध्यादेश,२०७८ र कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथमा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरेपछि त्यसबारे सर्वोच्चमा मुद्दा परेको थियो ।
सो मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपछि १५ दिनभित्र जबाफ दिन आदेश जारी गरे राष्ट्रपतिले अध्यादेश ल्याइएको आशंका गरिएको छ । यस्तै राष्ट्रपति भण्डारीले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश पनि जारी गरेकी छन् ।
