नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा बन्दाबन्दीको कारण संक्रमण नियन्त्रणका लागि सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार बताएका छन् ।
राज्य सरकारले केन्द्रको समन्वयमा लकडाउन पुनः एक हप्ताका लागि बढाएको छ । मुख्यमन्त्री केजरीवालले लकडाउन थप एक साता बढाउने निर्णय भएको पुष्टि गरे ।
उनकाअनुसार लकडाउन पहिलो संक्रमणदर ३५ प्रतिशतको हाराहारीमा रहेकोमा यसमा उल्लेख्य कमी आएको छ । आइतबार संघीय मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार दिल्लीले संक्रमणदर १०.४० मा झरेको छ ।
दिल्लीमा जारी लकडाउन सोमबारदेखि थप एक हप्ता अर्थात् मे २४ सम्म लम्ब्याइएको छ ।