११ मुलुकका लागि राजदूत नियुक्तिको सिफारिस [सूचीसहित]

653

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्को यसअघिकै बैठकले राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइ सकिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । प्रस्तावित राजदूतमध्ये निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ परराष्ट्र सेवाका सहसचिव हुन् ।

एमाले केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज ज्ञवाली, विराटनगर महानगरपालिकाका पूर्वमेयर तथा एमाले नेता रमेशचन्द्र पौडेल, पाल्पाका पूर्वसांसद् तथा एमाले नेता कुलप्रसाद नेपालसहित प्राध्यापक र अधिकार क्षेत्रमा क्रियाशील अन्य ९ जनाको नाम सिफारिस सूचीमा परेको छ ।

प्रस्तावित राजदूतहरूको सूचीः
१ःनिर्मलराज काफ्ले– अष्ट्रिया
२ः जीवनप्रकाश श्रेष्ठ– इजिप्ट
३ः रमेशचन्द्र पौडेल– श्रीलंका
४ः कृष्णचन्द्र शर्मा– दक्षिण कोरिया
५ः सुम्निमा तुलाधर– अष्ट्रेलिया
६ः जंग बहादुर चौहान– रुस
७ः नारायणप्रसाद संग्रौला– म्यानमार
८ः युवराज कार्की– बहराइन
९ः कुलप्रसाद नेपाल– ब्राजिल
१०ः सुमित्रा सुवेदी– डेनमार्क
११ः मेराज मुसलमान– साउदी अरेबिया

Share This:
सम्बन्धित खबर
Loading...